सरकारद्वारा किसान पेन्सन योजनाको घोषणा

१५ जेठ ०७९, काठमाडौं । नेपाल सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजना सुरु गरिने बताएका हुन् ।

अर्थमन्त्री शर्माले किसानसँग सरकार कार्यक्रम अन्तर्गत किसानको योगदानका आधारमा सरकारले १० प्रतिशत रकम थप गर्नेगरी किसान पेन्सन योजना अघि बढाइने घोषणा गरेका हुन् ।

यस्तै बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको पनि उनले बताए ।