१ बैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा पुग्न चाहेका केही व्यक्तिको इच्छा पूरा नभएपछि प्रतिगमनको हल्ला चलाइएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै केही व्यक्तिको महत्वाकांक्षा पूरा नभएको पछि प्रतिगमनको हल्ला चलाइएको बताएका हुन् ।
“‘एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले स्याल हुइँया चलेको छ,” उनले भने, “ध्वस्त पार्न खोज्ने, ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?”
प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्था र यो व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने टिप्पणी गरेका छन् ।