सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको छ – गृहमन्त्री

१३ असोज ०७५, गल्मी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अहिलेको सरकारले देशलाई समृद्ध बनाउन र सुशासन कायम गर्न भ्रष्टहरुलाई कारबाही गर्ने, बलात्कारीहरुलाई कारबाही गर्ने, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले यथास्थिति चाहनेहरुले सरकालाई घेराबन्दी र गिराउनका लागि षड्यन्त्र पुर्वक लागिपरेको बताए ।

बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री थापाले महिलाहरु पनि जागरुक हुनु पर्ने बताए ।

कार्यक्रममा  मन्त्री थापाले जनस्तरमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेकोतर्फ संकेत गर्दै भने यो सदनमा पनि उठ्नु पर्ने बताउँदै भने– ‘जनता र सरकार मिले मात्रै बलत्कार अपराधीलाई कठोर भन्दा कठोर सजाय दिन सकिन्छ ।’

तपाइको मत