२८ पुस ०७४,काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई पुनः आग्रह गरेको छ ।
शुक्रबार आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई आग्रह गरिएको हो ।
आयोगका सह–सचिव एवं प्रवक्ता नवराज ढकालले प्रदेशसभाको प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेकोले आयोगले प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई आग्रह गरेको बताए ।
राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको छ ।













