२० असार ०७९, काठमाडौं । सरकारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन एमालेले सरकारलाई सहयोग गर्ने बताएका हुन् ।
उनले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न खोजेको तर एमालेले जस लिने भयो भनेर रोकिदिएको बताए ।













