१७ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारलाई संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेर देखाउन चुनौती दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले संविधान संशोधन विधेयक संसदमा पेश गरेर देखाउन चुनौती दिएका हुन् ।
पोखरेलले सरकार संविधानको किटानी व्यवस्था विपरीत गएर संविधान संशोधन विधेयक संसदमा पेश गराएको हेर्न आफूहरु आतुर रहेको बताए ।
उनले संविधानको रक्षा गर्दै देश र जनताको हितका लागि आफूहरु संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु परेको समेत दाबी गर्दै संविधान बन्न नदिने शक्तिहरुले संविधान कार्यान्वयन हुन नदिन षडयन्त्र गरिरहेकाले त्यसविरुद्ध देशभक्तहरु एकताबद्ध भइरहेको बताए ।













