२० बैशाख ०७६, काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा तयार पारिएको आर्थिक वर्ष ०७६ र ७७ को नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७ ६र ०७७ को बजेट प्रस्तुत गर्नेछ । संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ ।













