११ माघ ०७४, काठमाडौं । काम चलाउ अवस्थामा पुगेको सरकारले मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकरात्मक प्रभाव पार्ने गरी गरेको निर्णयप्रति एमालेले आपत्ति जनाएको छ ।
बिहीबार पार्टी मुख्यालमा पत्रकार सम्मेलन गर्दै एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको काम चलाउन सरकारले गरेका सबै निर्णयप्रति एमालेले आपत्ति जनाएको हो ।
सम्मेलन बोल्दै अध्यक्ष केपी ओलीले सरकारले चुनापछि गरेका अनुचित निर्णयप्रति पुर्नविचिार गर्ने बताए ।
‘वर्तमान सरकार मुलुकको अर्थतन्त्र र राज्यसंयन्त्रलाई अस्तव्यस्त पार्न उद्यत् छ’ ओलीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘अनुचित र अनैतिक गतिविधिहरु तत्काल बन्द गर्न सचेत गराउँछौं र राष्ट्रलाई दीर्घकालीन हानी पुर्याउने यस्ता विषयमा सहभागी नहुन सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउछौं।’
प्रेस वक्तव्य