सरकारले चुनाव गर्न नचाहेको ओलीको आरोप

१९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनाव गर्न नचाहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले तराई मधेस केन्द्रित अभियानबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सरकारले चुनाव गर्न नचाहेको बताएका हुन् ।

ओलीले चुनावको सन्दर्भमा कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर् भन्ने ढंगबाट अघि बढेको भन्दै चुनावको घोषणा नगर्न मधेसी मोर्चाले सरकारलाई दबाव दिइरहेको र चुनावको मिति घोषणा गरे बाह्य शक्ति लगाइदिने धम्कीसमेत दिइरहेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डलाई सम्हालिएर अभिव्यक्ति दिन सुझाव दिँदै ओलीले देशलाई माया गरौं भन्दा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले वाइसीएल लगाएर प्रतिकार गर्ने धम्की दिन थालेको आरोप लगाए ।

तपाइको मत