१३ साउन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले करिब दुई तिहाई बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् ।
नेता गजुरेलले मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘नेकपालाई जनताले दुई तिहाईको बहुमत दिएर जिताए पनि जनताको पक्षमा कुनै राम्रो काम गर्न सकेको छैन् ।’
नेकपामा देखिएको आन्तरिक विवादबारेमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेर समस्याको हल नहुने बताए ।
नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्र प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा सत्तामा आउँदैमा समस्याको हल नहुने पनि बताए ।
अहिलेको संकट उत्पन्न हुनुमा प्रधानमन्त्री ओली दोषी नहेको भन्दै उनले प्रचण्ड, देउवा वा नेपाल सत्तामा आए थप दुर्घटना हुने दावी गरेका छन् ।