सरकारले तोकेको भन्दा बढी शूल्क लिएकाले कलेज बस तोडफोड – डुम्रे

१९ बैशाख, नवलपरासी । विप्लव माओवादीका अखिल क्रान्तिकारीले विद्यार्थी लिन आइरहेको कलेजको ना १ क ३८०६ नम्बरको बस कावासोती नगरपालिका- १६ डण्डामा तोडफोड गरेको छ ।

अखिल क्रान्तिकारीका जिल्ला संयोजक शिव डुम्रेले आफ्नो संगठनले कलेजको बस तोडफोड गरेको घटनाको जिम्मा लिँदै सम्बन्धन प्राप्त नगरेको विषय र तहमा पनि विद्यार्थीहरुलाई झुक्याएर भर्ना लिने गरेको, सरकारले तोकेको भन्दा बढी शूल्क लिने गरेकाले तोडफोड गरेको बताए ।

बसको अगाडि र दायाँ भागको सिसा तथा झ्यालका सिसाहरु तोडफोड भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •