दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने सरकारको निर्णय

२७ साउन, काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन दुई उप्रप्रधानमन्त्रीलाई भारत र चीनमा पठाउने निर्णय गरेको छ ।

बिहीबारको बैठकले  दुई मन्त्रीहरु विमलेन्द्र निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषद बैठकले कालोबजारी नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन दिर्दै कालोबजारी नियन्त्रण गर्न कानुनहरु अभाव भएको भए वा कारवाही सम्बन्धी व्यवस्था खुकुलो भए संशोधन गर्न कानुन मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

तपाइको मत