१२ असोज ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले सरकारले बारम्बार निर्वाचन आचार संहिता उल्लंघन गरेको लगाएका छन् ।
निर्वाचन आयोगले दिएको निर्देशनको सरकारले बारम्बार उल्लंघन गरेको डा. यादवले आरोप लगाएका हुन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले जनतालाई आचार संहिता पालना गराउन सचेत गराउनुपर्नेमा सरकार आफैले आचार संहिता उल्लंघन गर्नु दुःखद भएको बताए ।
निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्नेमा सरकार आफै उल्लंघन गरेको भन्दै उनले कानुनको पालना सबैले गर्नुपर्नेमा जोड दिए ।
आयोगको अस्तित्व र औचित्यमाथि नै प्रश्न उठाउने गरी निर्वाचन आचार संहिता विपरित काम गरेको भन्दै उनले आपत्ती जनाए । उनले यसबाट गम्भीर परिणाम निम्तिने उनले चेतावनी दिए ।
आयोगले दिएको आदेशको अवज्ञा गर्दै सरकारले मन्त्रिपरिषद विस्तार गरेकोमा प्रमुख आयुक्त यादव सरकारका कामकारवाही प्रति अत्यन्तै रुष्ट देखिएका थिए ।