४ साउन ०७५, काठमाडौं । सरकारले यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिहरुकाे दर्ता खारेजी प्रक्रिया अगाडि बढाएकाे छ ।
गृहमन्त्री रामबहादुर थापा र भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठ साथै दुबै मन्तत्रालयका सचिवहरु र सम्बद्घ पदाधिकारीकाे बैठकले संस्था एेन २०३४ र एे. नियमावली बमोजिम स्थापित यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिहरु २०७५ साउन १ गतेदेखि नवीकरण नहुने र खारेेजी गर्ने निर्णय गरेको हाेे ।
बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिहरुकाे चल अचल सम्पत्ति नेपाल सरकारको मातहत रहने व्यवस्था गृह मन्त्रालयकाे समन्वयमा भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।