३१ जेठ, सिराहा । सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आइतबार सरकारले वार्ताका लागि पछिल्लो पटक सङ्घीय गठबन्धनको नाममा पठाएको पत्रलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
सोमबार बिहान सुमनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारको पत्रलाई सकारात्मक रुपमा लिएकाले अब छिट्टै गठबन्धनको बैठक बसेर यसबारे ठोस धारणा सार्वजनिक गरिने जानकारी दिए । उनले सार्थक र परिणाममुखी वार्ताको लागि गठबन्धन तयार रहेको उल्लेख गर्दै गठबन्धनले वार्ता र संवादद्वारा नै निकास चाहेको बताए ।