२२ कार्तिक ०७५, काठमाडौं । सरकारले राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ ।
बिहीबार भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो कुरा बताएका हुन् । उनले भने –‘नेपाल सम्वत प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ट जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको छ ।’
उनले शंखधर साख्वाको संग्राहलय स्थापनाका लागि स्थानीय नगरपालिकालाई जग्गा व्यवस्था तत्काल उपलब्ध गर्न पनि आग्रह गरे ।
मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिव जनताको ऋणमोचन गरेर ऐतिहासिक योगदान दिएको पनि स्मरण गराए ।













