सरकारले सार्वजनिक गरेको श्वेतपत्र- निराशाको ‘लालपत्र’ : कांग्रेस

काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले दुई साता अघि जारी गरेको श्वेतपत्र माथि आफ्नो आधिकारीक धारणा राख्दै नेपाली कांग्रेसले त्यो निराशाको ‘लालपत्र’ भएको बताएको कान्तिपुरमा खबर छ ।

अनेक प्रतिकुलता र निराशाबीच सम्पन्न भएका सबै निकायका निर्वाचनले देशभर नै नयाँ उत्साह सञ्चार भएको बेला सरकारले विगतका सरकारका सबै निर्णयहरु गलत रहेको भ्रम छर्ने प्रयत्न गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले सरकारले हालसम्मको आर्थिक उपलब्धिलाई नकार्ने र शुन्यबाट समृद्धिको सुरुवात गर्न लागेको भन्ने भ्रम स्थापित गर्ने प्रयत्नका क्रममा श्वेतपत्र कोरिएको जनाएको छ ।

विरासतमा धरायासी अर्थतन्त्र नेपाली कांग्रेसले छोडेको र आफूहरुले सम्हालेको भन्ने भोलीको चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानको जगमा वामगठबन्धनको सरकार उभिएको विज्ञाप्तिमा उल्लेख छ । श्वेतपत्रमा बितेको २५ वर्षमा ६२ गुणले वृद्धि भएको राजस्वको तथ्य उल्लेख नभएको रोष प्रकट गरेको छ । सरकारद्वारा जारी गरिएको श्वेतपत्रको नियत आर्थिक परिसूचक र सन्दर्भहरुको संगतीपूण प्रष्टताले नभएर राजनीतिक पूर्वाग्रहबाट बनाइएको नेपाली कांग्रेसको दाबी छ ।

कम्युनिष्ट सरकारले कांग्रेसको अर्थनिति गलत छ भन्दै पपुलिष्ट कार्यक्रम राखेर नेपाली कांग्रेसले रोजेको अर्थनीति विगतदेखि गर्दै आएको उल्लेख गर्दै हिँड्न नचाहेको तर छोड्न पनि नसक्ने अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभासको जमिन श्वेतपत्र उभिएको विज्ञाप्तिमा उल्लेख छ ।

कांग्रेसको २४ बुँदे विज्ञाप्तिमा सरकारले जारी गरेको श्वेतपत्रमा निश्चित कालखण्डको तथ्यांक र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनशायले श्वेतपत्रको प्रस्तुति गरिएको लगायतका विषयहरु उल्लेख छन् ।

तपाइको मत