सरकारी चालक कै संलग्नतामा सिंहदरबारबाट गाडीको टायर चोरी

२ पुस ०७४, काठमाडौं । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको  चोरी भएको टोयटा हाइलक्स गाडीको टायर ललितपुरमा फेला परेको छ ।

सिंहदरबारबाट बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीको चोरी भएको चारवटै टायर ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा फेला परेको हो । घटना सार्वजनिक भएको केही घन्टामै प्रहरीले चोरी भएको टायर उक्त ठाउँमा फेला पारेको हो ।

शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेका राखेको गाडीका चार वटै टायर आइतबार आउँदा चोरी भएको चालक श्रीकृष्ण श्रेष्ठले बताए ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका अनुसार स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मुक्तानले टायर चोरी गरेको जानकारी दिएको छ । टायर चोरीमा संलग्न मुक्तान फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रातको समयमा टायर खोलेको र विहान ७ बजे बारही टायर सर्भिस सेन्टरमा लगेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले सर्भिस सेन्टरका जमलबहादुर मगरलाई पक्राउ परेको छ ।

चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

तपाइको मत