सरकारी जग्गा घोटाला छानबिन गर्न ४ सदस्सीय समिति गठन

९ जेठ ०७६, काठमाडौं । सरकारले सरकारी जग्गा घोटाला प्रकरण छानबिन गर्न चार सदस्सीय छानबिन समिति गठन गरेको छ ।

जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक र गुठीको जग्गा छानबीन गर्न मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको हो । सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउजा रहेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा एक वर्षभित्र भूमाफियालाई कारबाहीको दायरामा ल्याउने उल्लेख भए बमोजिम आयोग गठन गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।

हडपिएका सरकारी जग्गाबारे छानबिन गरी आयोगले ६ महिनाभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउनु पर्नेछ ।

तपाइको मत