सरकारी वार्ता टोली र संर्घष समितिबीच वीरगञ्जमा भएको वार्ता निष्कर्षविहीन

८ फागुन ०७४, वीरगञ्ज ।  प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउनने माग राखेर आन्दोलन गरिरहेको संर्घष समिति र सरकारी वार्ता टोलीबीचको वार्ता निष्कर्ष विना टुङ्गिएको छ ।

मंगलबार विहान वीरगञ्जमा प्रदेश सरकार र संघर्ष समितिबीच  भएको पहिलो वार्ता विना निष्कर्ष टुंगिएको हो ।

वार्तामा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन सोनलले आन्दोलन स्थगित गर्न आग्रह गरेपनि संघर्ष समितिले आफ्नो अडान यथावत राखेपछि वार्ता निष्कर्ष पुग्न नसेको हो ।

संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले सरकारी टोलीले माग पूरा गर्न नसक्ने बताएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको जानकारी दिए । ‘माग पूरा गर्न नसक्ने खालको छ भन्दै सरकारी टोलीले आन्दोलन स्थगित गर्न आग्रह गर्नुभयो’ उनले भने ‘हामीले माग पुरा नभएसम्म आन्दोलन स्थगित गर्दैनौं भन्ने जावाफ दियौं ।’

मुख्य मन्त्री लालबाबु राउतले संघर्ष समितिसँग वार्ता गर्ने जिम्मा मन्त्री सोनललाई दिएका थिए । मन्त्री सोनलले वार्ता सकारात्मक भएको र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए ।

वार्तामा संर्घष समितिका तर्फबाट संयोजक एवं पूर्वमन्त्री सुरेन चौधरी, सह-संयोजक राजकुमार गुप्ता, बसरुदिन अन्सारी, शम्भु गुुप्ता, अरबिन्द गुुप्ता, मनोज चौधरी, बाबुराम कौशिक लगायत वार्तामा बसेका थिए ।

तपाइको मत