सरकार राष्ट्रिय सहमति जुटाउन र अन्तर्राष्ट्रिय सहयोग लिन असफल

२ जेठ ०७८, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना रोकथामविरूद्ध सरकारले काम नगरेको बताएका छन् ।

आइतबार कांग्रेसले लुम्बिनी प्रदेशस्तरमा गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

कोरोनाविरूद्ध समयमै खोपको व्यवस्थापन मिलाउन सरकार असफल भएको भन्दै उनले राष्ट्रिय सहमति जुटाएर अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको बताए ।

‘यो सरकारले अस्पतालमा प्रताडित बिरामीहरुलाई अक्सिजन उपलब्ध गराउन साथै कोरोना नियन्त्रण गर्न सकेन,’ उनले भने, ‘सरकार जनउत्तरदायी भएन, यसले कोरोनाविरुद्धको खोप ल्याउन पनि सकेन ।’

यस्तै सरकारले अन्तर्राष्ट्रिय सहयोग लिन चुकेको बताउँदै उनले कार्यक्रममा अन्तर्राष्ट्रिय सहयोग जुटाउन कांग्रेसले सार्वजनिक अपिल गरेको बताए ।