१७ कार्तिक ०७९, सर्लाही । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २, कौडेना गाउँपालिका स्थानीय जनताले राजनीतिक दलका उम्मेदवारलाई गाउँ प्रवेश गर्न रोक लगाएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचारप्रसार गर्न उम्मेदवार गाउँ जान थालेसँगै कौडेना गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुले नारावाजी गर्दै गाउँ प्रवेशमा रोक लगाएका हुन ।
‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका उनीहरुले हुलाकी राजगार्कमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् ।
आन्दोलनकारी स्थानीयले हुलाकी राजमार्ग पीच नगरेकै कारण धुलोले नागरिकको स्वास्थ्य असर पारेको बताएका छन् ।
सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साह लगायत १७ जना चुनावी मैदानमा प्रतिस्पर्धाका उत्रिएका छन् ।














