१३ जेठ ०७४, विराटनगर । सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न दिएको आन्तरिम आदेशविरुद्ध नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ ।
शनिबार माओवादी केन्द्र विराटनगरले शुक्रबार सर्वोच्चले दिएको अन्तरिम आदेशविरुद्ध विराटनगरमा विरोध प्रर्दशन गरेको हो ।
विरोध सभामा माओवादी केन्द्रका नेता हेम कार्की, मेयर एव उपमेयरका उम्मेदवार भोगेन्द्र यादव र नमिता न्यौपाने लगायतले विराटनगरको विकास नचाहनेहरुले विराटनगरलाई महानगरपालिका नवनाउन षडयन्त्र गरेको आरोप लगाए ।
स्थानीय निलसदनवाट निस्किएको र्याली मुख्य बजारको परिक्रमा गरी वि प्लटमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले ‘विराटनगरलाई महानगरपालिका कार्यम गर, अदालती आदेश खारेज गर, कार्यपालिका माथिको हस्तक्षेप वन्द गर’ जस्ता नारा लगाएका थिए ।
सरकारले हालै मात्र विराटनगर र वीरगञ्जलाई महानगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो ।