२६ पुस ०७४, काठमाडौं । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चमा बहस भइरहँदा माइतीघरमा केसी पक्षधरले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
नयाँ शक्ति नेपाल, विवेकशील साझा पार्टीका प्रतिनिधिसहितका केसीका समर्थकहरुले पराजुली विरुद्ध नाराबाजी गर्दै तत्काल रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले केसीको तत्काल रिहाईको माग समेत गरेका छन् ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ ।













