सर्वोच्चले देशमा अब के हुन्छ भन्ने अन्यौलता हटाइदिएको छ – पूर्वराष्ट्रपति यादव

१३ फागुन ०७७, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको बताएका छन् ।

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

उनले अदालतको फैसलाबाट लोकतन्त्र, गणतन्त्र, संघीयता साथै समावेशीतामा विश्वास गर्नेहरु खुसी भएको बताए ।

“देशमा अब के हुन्छ भन्ने अन्यौलता छाएको थियो, यी सबै अन्यौलतालाई सर्वोच्चको फैसलाले हटाइदिएको छ” उनले भने ।