सर्वोच्च अदालतको निर्णय : देशभरका अदालत चैत २८ गतेसम्म बन्द

२१ चैत ०७६, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले देशभरका अदालत चैत २८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले यसअघि चैत २२ गतेसम्मका लागि अदालतको काम कारबाही बन्द गर्ने निर्णयलाई संशोधन गर्दै चैत २८ गतेसम्म अदालती काम कारबाही बन्द गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई चैत २९ गते शनिबार परेको त्यसदिनसम्म रोकिने भएको छ । साथै, सबै अदालतका नियमित मुद्दाहरुको सुनुवाई अब चैत ३० देखि सुरु हुनेछ ।

प्रधानन्यायाधीश एवं न्यायाधीशहरुको मासिक तलबको ५० प्रतिशत रकम कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा योगदान गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रेस-विज्ञप्ति :