सशस्त्र प्रहरीद्वारा २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद

२८ साउन ०७७, कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका १ बाट बुधबार सशस्त्र प्रहरीको एक टोलीले २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले उक्त रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुली जानकारी दिएका हुन् ।

प्रहरी नायव उपरीक्षक छतकुलीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छाडी भागेपछि उक्त झोलामा चेकजाँच गर्दा ५ सय दरका ४ हजार नौ सय भारतीय रुपैयाँ फेला परेको हो ।