सहमतिको लागि सहमति गर्ने पुरानो रोगले छोडेन् नेताहरुलाई

५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच सीमाङ्कनबारे सुझाव दिन बनाइने राजनीतिक संयन्त्रको कार्यविधि (टीओआर)बारे बुधबार भएको छलफलमा सहमति हुन सकेन ।

सिंहदरबारमा भएको वार्तामा रक्षामन्त्री भीम रावलले संयन्त्रको टीओआर प्रस्ताव गरेका थिए । उनले तराई–मधेस, हिमाल र पहाडमा देखिएको सीमाङ्कनको समस्याको अध्ययन गरेर समाधान खोज्ने प्रस्ताव गरे । तर, मधेसी मोर्चाका नेताहरुले आन्दोलन मधेसमा मात्र भएको भन्दै मधेसमा दुई प्रदेशको माग यथावत् रहेको बताए । उनीहरुले त्यसलाई सम्बोधन गर्ने भाषा राख्न माग गरेको छ । आज सहमति नभए पनि भोलि ११ बजे बैठक बस्ने भन्ने सहमति भएको सद्भावना पार्र्टीका नेता लक्ष्मणलाल कर्णले बताए ।

तपाइको मत