१० भदौ ०७७, काठमाडौं । सरकारले सहसचिव र सो सरहका ६० जना कर्मचारीहरुलाई एकैपटक सरुवा गरेको छ ।
नेपाल सरकारको मंगलबारको निर्यणअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर खटाइएको छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौँडा खटाइएको छ भने राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव चुडामणि पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी पठाइएको छ ।
यसैगरी गृहमन्त्रालयका सहसचिव महादेव पन्थलाई सामाजिक विकास मन्त्रालय, प्रदेश ५, बुटबल खटाइएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहचिव रघुराम विष्टलाई सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी खटाइएको छ ।
यस्तै लोक सेवा आयोगका सहसचिव खगेन्द्र प्रसाद सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं. ५, बुटवल साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई भने आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. १, विराटनगर पठाइएको छ ।
काज/कामकाजमा खटाइएको सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण