५ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदले आइतबार ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संशोधनसहित बहुमतले पास गरेको छ ।
व्यवस्थापिका संसदले आइतबार सांसदहरुको तलब भत्ता बढाउने निर्णय गरेको हो । अब सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी पाउने भएका छन् । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ ।
विधेयकमा प्रमुख दलहरुको तर्फबाट कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संशोधन हालेका थिए ।
व्यवस्थापिका संसदले आइतबार पारित गरेको विधेयक अनुसार सांसदले के शीर्षकमा कति पाउँछन् ?
- मासिक पारिश्रमिक ५५,२३० रुपैयाँ
- आवास सुविधा १८000 रुपैयाँ
- टेलिफोन तथा पत्रपत्रिका खर्च ३000 रुपैयाँ
- धारा बिजुलीको २000 रुपैयाँ
- अतिथि सत्कार १000 रुपैयाँ
- विशेष भत्ता मासिक १000 रुपैयाँ
- दैनिक बैठक भत्ता दिनको १000 रुपैयाँ
- यातायात सुविधा प्रतिदिन १000 रुपैयाँ
- दैनिक भ्रमण भत्ता २५00 १000 रुपैयाँ
- फर्निचर खर्च बार्षिक रुपमा १५000 १000 रुपैयाँ
- यात्रा विमा १० लाख र एक जना स्वकीय सचिव पाउनेछन् ।













