
तस्बिर: रासस
बैठकमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीका प्रतिनिधि र सञ्चार उद्यमीसहितको छलफलबाट समस्या समाधान गरिने बताउँदै न्यूनतम पारिश्रमिक सञ्चार क्षेत्रमा मात्र होइन, सबै क्षेत्रमा लागू गर्नु पर्ने बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा.महेन्द्र विष्टले समयमा तलब दिन नसक्नेले किन सञ्चार माध्यम चलाउनु पर्यो भन्दै सञ्चार गृहले क्षमता नभएर भन्दा पनि नचाहेर पत्रकारलाई समयमा तलब सुविधा नदिएको बताएका थिए ।
गत साउन १ गतेदेखि सरकारले न्यूनतम् पारिश्रमिक लागू गर्ने घोषणा गरेको भए पनि निजी सञ्चार प्रतिष्ठानहरुले न्यूनतम् पारिश्रमिक लागू गरेको छैन् ।