निर्वाचनको मिति घोषणा गर्न सांसदहरुकाे माग

७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न संसद बैठकमा सांसदहरुले माग गरेका छन् ।

शुक्रबार संसद बैठकमा कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्तावसँगै निर्वाचनको वातावरण गराउन माग गरे ।

त्यस्तै नेकपा एमालेका नेता भीम रावलले निर्वाचनको मिति चाँडो भन्दा चाँडाे तोक्न माग गरे ।

सरकारले मन्त्री पदलाई संविधान संशोधनसँग साटासाट गरेको आरोप लगाउँदै रावलले प्रधानमन्त्रीलाई निर्वाचनको मिति घोषणा नहुनु र राष्ट्रियताका प्रतिकूल गतिविधि हुनाका कारणबारे  सदनमा जवाफ दिनु पर्ने माग राखे ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका मीना पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङ लगायतले स्थानीय निकाय नहुँदा जनता समस्यामा परेकाे भन्दै छिटो भन्दा छिटो निर्वाचन हुनु पर्नेमा जाेड दिए ।

तपाइको मत