१८ बैशाख, काठमाडौं । कुनैबेला कम्पनीमा काम गर्ने कर्मचारीको संख्या दुई लाखसम्म रहेको साउदी अरेबियाको सबैभन्दा ठूलो कम्पनीमध्ये एक बिनलादेन समूहले ५० हजार कामदारलाई एकैपटक जागिरबाट निकालेको छ । यसरी कर्मचारी कटौतिको निर्णय हुँदा हजारौं विदेशी कामदार पनि प्रभावित भएका छन् ।
साउदीको जेद्दास्थित अरब न्युजका सम्पादक रिवाज वाहब सरकारले उठाएको कमदसँग बिनलादेन समूहको कमादार कटौतिको कुनै सम्बन्ध नरहेको बताउँछन् ।
उनकाअनुसार गत सेप्टेम्बरमा १ सय ७ जानको ज्यान जानेगरी भएको एक क्रेन दुर्घटनामा दोषी ठहर गर्दै सरकारले कम्पनीमाथि रोक लगाएको थियो । यस्तो अवस्थामा कर्मचारीलाई कामबाट निकाल्नु बाहेक अर्को कुनै विकल्प कम्पनीसँग नभएको पत्रकार वाहावको दावी छ । एजेन्सीको सहयोगमा ।