२४ फागुन ०७६, काठमाडौं । साउदीको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेका साउदी अरेबियाको राजपरिवारका तीन सदस्य पक्राउ परेका छन् ।
शुक्रबार हिरासतमा लिइएका तीन जना राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेका छन् ।
किन गिरफ्तार गरियो भन्नेबारे केही नखुलाइए पनि उनीहरू साउदीको राजनीतिमा सक्रिय थिए जुन कुरा राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन ।
सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले चर्चा गरेका छन् ।