१० असार, काठमाडौं । विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने साउन १ गतेदेखि सुन, चाँदी तथा मदिरा काँचो सुन नल्याउनु होला । सरकारले गहना बाहेकको ‘पचास ग्राम सुन’ ल्याउन प्रतिवन्ध लगाएको छ ।
विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो । तर सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर तस्करी बढेपछि सरकारले काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध लगाएको हो ।
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किदा सुन र चाँदीको गहना पचास ग्रामसम्म मात्रै ल्याउन पाउने छन् । एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुन वा चाँदीका सामानमा भन्सार लाग्दैन ।
ट्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन र पेन ड्राइभ एकर एक थान भन्सार नतिरी ल्याउन पाउनेछन् । नयाँ ब्यवस्था अनुसार बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकर एक थानमा भन्सार तिर्नुपर्दैन् । पेशागत यात्रुले बोक्ने डाक्टरका सामान्य यन्त्र, खेलाडीका सामान, गायकरसंगितकारले प्रयोग गर्ने गितार, हार्मोनियम लगायतमा भन्सार तिर्नुपर्दैन् ।
नयाँ ब्यवस्था अनुसार सात किलोग्रामसम्मको खाद्य बस्तुमा भन्सार तिर्नुपर्दैन् । एक लिटरसम्म विदेशी मदिरामा भन्सार लाग्दैन । यसअघि डेढ लिटरसम्ममा भन्सार तिर्नुपर्दैन्थ्यो । वैदेशिक रोजगारीमा गएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ ।