२० असार, काठमाडौं । सरकारले साउन १ गतेबाट राजधानीमा व्यवस्थित वधशाला नभएको स्थानमा काटेको राँगा तथा भैंसीको मासुले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै जिउँदो राँगा तथा भैंसी ल्याउन प्रतिवन्ध लगाउँदैछ ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले दिएको जानकारी अनुसार ले दिएको जानकारी अनुसार साउन १ गतेबाट घाइते तथा बिरामी भैंसी ल्याएर अमानवीय तरिकाले मार्ने स्थिति अन्त्य गर्न लागिएको हो ।
तामाङले ‘राजधानीमा राँगा तथा भैंसीको मःमःमाथि प्रतिबन्ध’ भन्ने सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै राजधानीमा मःमःमाथि प्रतिबन्ध नलागेको बताउँदै गुणस्तर जाँच भएको मासु ल्याएर मःमः बनाउन सकिने बताए ।
कार्यकारी निर्देशक तामाङले मासु ल्याउँदा पनि गुणस्तरताको प्रमाण चाहिने, तर मासु ल्याउनै प्रतिवन्ध नलागेको बताए ।
राजधानी बाहिर पनि व्यवस्थित बधशालामा मात्रै रागा भैंसीको मासु उत्पादन गर्न पाइने उनले बताए ।