साग फुटबलमा इण्डियाले आफ्नै मैदानमा पल्टी खायो

३ फागुन, काठमाडौं । नेपालले इण्डियालाई सोमबार उसकै घरेलु मैदानमा भएको फाइनल फुटबल खेलमा २–१ गोल अन्तरले पराजित गर्दै २३ वर्षपछि साग फुटबलमास्वर्ण पदक जितेको छ ।

आजको खेलमा ३१ औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
नेपालले पहिलो हाफमा भारतको दबाब परेको भए पनि तर,दोस्रो हाफको ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रि किकबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।

नवयुग श्रेष्ठले खेलको ७१ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएपछि यही गोल नै नेपालले भारतलाई २–१ ले हराउन सफल गोल साथै २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्न निर्णायक गोल बन्यो ।

नेपालले १९८४ र १९९३ को सागमा स्वर्ण पदक जितेको थियो भने १९९९ को फाइनल पुगेर पनि हार व्यहोरेको थियो । त्यसयता नेपालले फुटबलमा पदक जित्न सकेको थिएन ।

तपाइको मत