साझाका अध्यक्षलाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा सर्वोच्चको आदेश

२३ असोज ०७४, काठमाडौं । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा पदबाट हटाउनुका कारण पेश गर्न आदेश दिएको छ ।

आफूलाई सुनुवाइको मौका नदिई बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो ।

उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

भ्रष्टाचार र अनियमितताको आरोप लागेका शर्मालाई मन्त्रिपरिषद्को बैठकले यही असोज ८ गते पदबाट हटाउने निर्णय गरेको थियो ।

शर्मालाई भ्रष्टाचार, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन, पुस्तक बिक्री-वितरण गरेको लगायतका आरोप छ ।

तपाइको मत