३ माघ ०७४, काठमाडौं । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो ।

प्रदेश नम्बर १ – विराटनगर
प्रदेश नम्बर २ – जनकपुर
प्रदेश नम्बर ३ – हेटौंडा
प्रदेश नम्बर ४ – पोखरा
प्रदेश नम्बर ५ – रुपन्देही
प्रदेश नम्बर ६ – सुर्खेत
प्रदेश नम्बर ७ – धनगढी
सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेपछि प्रदेश नम्बर ४ र ६ बाहेकका प्रदेशमा आन्दोलन सुरु भएको छ ।
संविधानतः प्रदेशको नाम र राजधानी प्रदेश सभाको दुई तिहाईले निर्णय गर्नु पर्दछ ।













