२० भदौ ०७९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई साधारण तारेखमा छाडिएको छ ।
शुक्रबार पक्राउ परेका गुरुङलाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।
प्रहरीले गुरुङलाई हिरासतमा राख्न ५ दिनको अनुमति लिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठ क्यानाडामा हुन लागेको आईकाओको कार्यक्रममा लागि ठमेलस्थित छाया सेन्टरमा बायोमेट्रिक दिन शुक्रबार श्रीमतीसहितको टोली लिएर पुगेका थिए ।















