सामाजिक सञ्जाल र फोन मार्फत लट्री पर्‍यो भन्दै ठगी गर्ने तीन जना पक्राउ

११ फागुन ०७४, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लट्री पर्‍यो भन्दै ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।

सामाजिक संजाल हृवाट्सएप, इमो, भाईबर, फेसबुक जस्ता सामाजिक सञ्जाल र फोन मार्फत पच्चीस लाखको लट्री जित्नु भएको छ भनी फोन तथा एसएमएसबाट ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरी पक्राउ गरेको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय भिमबहादुर थापा, दैलेखको गुराँस गाउँपालिका-४ का २२ वर्षीय विष्णु सिजाली मगर र भारत बिहार पूर्वी चम्पारण मोतिहारी २० वर्षीय असरफ अली वीरगञ्ज महानगरपालिका-१५ स्थित न्यू वीरगञ्ज मनि ट्रान्सफरबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले उनीहरुले सोझा साझा व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत फोन गरी ठग्ने गरेको बताए ।

उनीहरुले हृवाट्सएप, इमो, भाईबर, फेसबुक जस्ता सामाजिक सञ्जाल र फोन मार्फत पच्चीस लाखको लट्री जित्नु भएको छ भनी फोन तथा एसएमएसबाट बधाई दिने र सोही सामाजिक सञ्जाल मार्फत बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लगाई विश्वासमा पारी लट्री बापतको कर तिर्नुपर्छ भनेर रकम जम्मा गर्न लगाउने र ठग्ने गरेका एसपी रेग्मीले बताए ।

उनीहरुको साथबाट नगद नेपाली ३५ हजार, भारतीय तीन हजार २० रुपिँया, विष्णु सिजाली मगरको सक्कल नागरिकता प्रमाणपत्र र भिमबहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र रहेको बरामद भएको छ ।

यसअघि त्यस्तै गिरोहका सदस्यहरुलाई ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएकोमा पर्सा जिल्ला अदालतले मुख्य अभियुक्त भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल डंकन रोड घर भई वीरगंज-३ डेरा गरी बस्ने वर्ष २४ को बिक्की पण्डित (कुमार) पुर्पक्षको लागि कारागार चलान भइसेको र अन्य अभियुक्तहरु कसुर अनुसार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाइको मत