जय कार्की
१२ भदाै ०७४, काठमाडौं । दक्षिण एशियाली ट्रेड युनियन महासंघ (सार्टुक) र आईटियुसी–एपीको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा भाेलिबाट दुई दिने सार्क राष्ट्र स्तरीय गोष्ठी हुँदैछ ।
अगस्त २९ र ३० दुई दिनसम्म हुने बैठकमा सार्क राष्ट्रका ट्रेड युनियनहरुको सहभागिता रहनेछ ।
सो गोष्ठीलाई सार्टुकका अध्यक्ष निलम सन्जिवा रेड्डी, महासचिव लक्ष्मणबहादुर बस्नेत, आईटीयुसी–एपीका महासचिव सोया योसिदा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गोष्ठीको मुख्य विषय अनौपचारिक आर्थिक क्षेत्रलाई औपचारीकरण गर्ने, कानुनी तथा संगठनात्मक संयन्त्रहरु लगायत सार्क राष्ट्रका ट्रेड युनियनहरुको अवस्थाका बारेमा व्यापक छलफल गरी निष्कर्ष निकालिने बताइएकाे छ ।
गोष्ठीमा सार्क राष्ट्रका प्रमुख ट्रेड युनियनहरुले पनि धारणा राख्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको दोश्रो दिन अर्थात् अगस्त ३० मा सार्टुकको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।
बैठकमा महासचिव बस्नेतले २०१६-२०१७ को प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै, ट्रेड युनियनहरुले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।
बैठकमा प्रशान्त क्षेत्रको ट्रेड युनियन बैठकको रिपोर्ट प्रस्तुत हुनेछ । यसबाहेक बैठकले महिला कमिटीको सार्क स्तरीय भेला सेप्टेम्बरमा काठमाडाैैंमा आयोजना गर्ने, युवा कमिटीको गठन लगायतका एजेण्डाहरुमा पनि छलफल हुने सार्टुकका इन्द्रदेव यादवले जानकारी गराएका छन् ।