सार्वजनिक सवारी मात्रै बन्द गरिए अवज्ञा गर्ने यातायात व्यवसायीको चेतावनी

१३ बैशाख ०७७, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी मात्रै बन्द गर्ने निर्णय भए अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गर्ने तर आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीहरुको यस्तो प्रतिक्रिया आएको हो ।

जिल्ला प्रशासन कार्यालयहरुले ठूला व्यवसायीको लगानी रहेको विमान चल्न दिने तर सार्वजनिक बसमा यात्रु बोक्न नदिने निर्णय गरेको भन्दै यातायात व्यवसायीहरुले अवज्ञा गर्ने चेतावनी दिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले ठूला व्यवसायीको लगानी रहेको विमानमा यात्रु बोक्न दिने तर बसमा यात्रु किन बोक्न नदिने ? हो भने व्यवसायीहरुले अवज्ञा गर्ने चेतावनी दिए ।

“हामीले सवारी बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी योगदान गर्न तयार नै छौं तर हामीले सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा सार्वजनिक सवारी सञ्चालन हुन्छ” सिटौलाले भने ।

हवाई उडानमा कोरानाबाट बच्न यात्रुबीच भौतिक दूरी लगायत जेजे नियम पालना हुन्छ त्यो आफूहरुले पालना गर्न तयार रहेको पनि सिटौलाले बताए ।