१३ चैत, मोरङ । भारतीय सीमा सुरक्षा बल एसएसवीले ६ बर्षअघि गोली हानी हत्या गरेका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले पूर्वघोषित १० लाख राहत उपलब्ध गराउने भएको छ ।
सोमबार बिराटनगरमा हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री बिमलेन्द्र निधिले शहीदका परिवारलाई क्षतिपूर्ति रकमको चेक हस्तान्तरण गरिने गृहमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२०६७ जेठ ११ गते एसएसवीको गोली प्रहारबाट मृत्यु भएका शाहको परिवारलाई तत्कालिन जिल्ला सुरक्षा समितिले शहीद घोषणा गर्दै क्षतिपूर्ति प्रदान गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।