साहित्यकार एवम् पत्रकार दीक्षितको निधन

३० साउन ०७६, काठमाडौं । साहित्यकार एवम् पत्रकार मदनमणि दीक्षितको निधन भएको छ ।

पारिवारिक स्रोत अनुसार बिहीबार बिहान करिब चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको हो ।

निमोनिया देखिएपछि सुमेरु अस्पताल, ललितपुरमा भर्ना गरिएका ९७ वर्षीय दीक्षितको स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।

पारिवारिक स्रोतले उनको अन्त्येष्टि आजै गरिने जनाएको छ ।

साहित्यकार दीक्षितले लामो समय पत्रकारितामा व्यतित गरेका थिए भने उपन्यास, कथालेखन आदिमा चर्चित रहिरहे । उनको माधवी उपन्यास कृतिले २०३९ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

तपाइको मत