१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (मसाल)का अध्यक्ष मोहन बिक्रम सिंहलाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
टोखाको ग्राण्डी अस्पतालमा उपचाररत ८१ वर्षीय सिंहलाई आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले भेट गरी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । सिंह सुगर, फोक्सोमा पानी जम्ने लगायतका समस्याका कारण विगत चार दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् ।













