सिंह र विप्लब एक्लेवीर रहेको वैद्यको भनाई

३ माघ ०७८, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्यले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीबाट आएका नेताहरुलाई स्वागत गर्दै बैद्यले यस्तो बताएका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि नभएकोतर्फ संकेत गर्दै उनले सिंह र विप्लब एक्लेवीर नेतृत्व भएको बताए ।