१ पुस, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मशालले संयुक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।
भारतले नेपालमा चौतर्फी रुपमा हस्तक्षेप बढाएको भन्दै तीन वटै पार्टीका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गरी नेपालको प्राकृतिक स्रोत साधनमाथिको अतिक्रमण र राष्ट्रियतामाथिको हस्तक्षेपकाविरुद्ध संयुक्त सघर्ष गर्ने बताइएको छ ।
सिंह, वैद्य र चन्दद्धारा हस्ताक्षरित विज्ञप्ति:














