२२ असोज ०७६, काठमाडौं । सिता दाहालले छोरीहरु रेणु दाहाल र गंगा दाहाल र नातिनातिनालाई दशैंटिका लगाइदिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको उपस्थितिमा सिता दाहालले छोरी र नातिनातिनालाई दशैंटिका लगाइदिएकी हुन् ।
गतवर्ष प्रकाश दाहालको निधनका कारण दशैंटिका नलगाएका उनीहरू यसपटक दशैंको टिका लगाउन खुमलटार पुगेका थिए ।
नेकपाका अध्यक्ष प्रचण्डकी कान्छी छोरी गंगा दाहालले दशैंटीकाको तस्बीरहरु फेसबुकमा पोष्ट गरेकी छन् ।
तस्बीरमा अध्यक्ष प्रचण्डको निधार खाली रहेको छ भने अनुहार पनि मलिन देखिएको छ साथै बुहारी समेत रहेकी खानेपानीमन्त्री बिना मगर अनुपस्थित देखिन्छ ।
नेकपाका अध्यक्ष पुक्ष्पकमल दाहाल ‘प्रचण्ड’को चार सन्तानमध्ये जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरका कारण २०७० सालमा र एकमात्र पुत्र प्रकाश दाहालको २०७४ सालमा निधन भएको थियो ।
तस्बीर : गंगा दाहालको फेसबुकबाट ।















