५ बैशाख ०७५, काठमाडौं । यातायात व्यवसायीले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।
बुधबार व्यवसायीले पत्रकार सम्मेलन गरी सिन्डिकेट खारेजीविरुद्ध यातायात कार्यालय घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउने सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
यातायात व्यवसायीले कार्यक्रममा बैशाख १४ र १५ गते सबै जिल्ला सदरमुकाम र काठमाडौं उपत्यकामा गाडी क्यू फ्रीमा छाड्ने, १६ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने र २१ गते आफ्ना गाडी घर र ग्यारेजमा थन्क्याउने आन्दोलनको कार्यक्रममा घोषणा गरेका छन् ।
सरकारले निर्णय फिर्ता नलिए बैशाख २७ गतेदेखि आफ्ना गाडी घर ग्यारेजमा थन्क्याएर आमहड्ताल गर्ने चेतावनी दिएका छन् ।
सरकारले सिन्डिकेट हटाउन अटेर गर्ने यातायात व्यवसायी संघसंस्था र समिति खारेज गर्ने निर्णय गरेको थियो ।













